२८ कात्तिक, काठमाडौं । एकजना नेपालीले आफूसँग भएका हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैयासम्म साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियासो परिमाणको भारु सटहीका लागि सकारात्मक रहेको र त्यसैअनुसारको व्यवस्थापन मिलाउन भारतको वित्त मन्त्राललाई पत्राचार गरेको आजको राजधानी दैनिकमा समाचार छ ।
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभयो। राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गर्नुभयो । उहाँले गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको पूजाअर्चना गर्नुभयो । उहाँले शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित
२८ कात्तिक, झापा । भारत सरकारले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष असर अलैँची व्यवसायमा परेको छ । नेपाल अलैँची व्यवसायी महासंघका अनुसार अहिले अलैँचीको कारोबार ठप्प छ । नेपाली अलैँचीको मुख्य बजार भारत हो । र, भारतीय व्यापारीले मूल्य निर्धारण नगरी यहाँ अलैँचीको कारोबार हुँदैन । तर, भारतका अलैँची
धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ । “होटेलले आन्तरिक र विदेशी पर्यटक लोभ्याउने कार्यक्रम ल्याउनु पर्छ,” उनले भने । भूकम्पको त्रासदी ओझेलमा परेको र विस्तारै ट्रेकिङ,
© 2016 unnatbij.com.np | All rights reserved | Design and Developed by